डोटीमा जीप दुर्घटना हुदाँ ४ जनाको मृत्यु ५ घाइते

डोटीमा जीप दुर्घटना हुदाँ ४ जनाको मृत्यु ५ घाइते
फाईल तस्वीर

काठमाडौं । डोटीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । घटनामा पाँचजना घाइते भएका छन् ।

मृत्यु हुनेमा बाजुराको हिमाली गाउँपालिका–५ बस्ने २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कविद्र बुढा र सोही ठाउँ बस्ने विमला मलालकी आठ महिनाकी छोरी प्रार्थना रहेका छन् ।उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

ग२च २७७६ नम्बरको जीप धनगढीबाट बाजुरातर्फ जाँदै गरेको  आइतबार बिहान २ः१८ बजेको समयमा शिखर नगरपालिका–६ को अण्यौलमा दुर्घटना भएको थियो ।

दुर्घटनामा हिमाली गाउँपालिका–५ बस्ने ३० वर्षीया प्रकास बुढाथापा, सोही ठाउँका २३ वर्षीय खोमबहादुर मलाल, २४ वर्षीय  दानबहादुर बुढा २१ वर्षीया विमला मलाल र २१ वर्षकै राजबहादुर मलाल घाइते भएका छन् । घाइतेहरूको शैलेश्वरी अस्पताल डोटीमा उपचार भइरहेको जनाइएको छ ।