तस्वीरमा हेर्नुहोस् भुकम्पले प्रभावित क्षेत्र (फोटोफिचर)

तस्वीरमा हेर्नुहोस् भुकम्पले प्रभावित क्षेत्र (फोटोफिचर)

काठमाडौं ।  जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट अत्याधिक क्षति भएको छ ।  प्रहरीबाट प्राप्त सुचना अनुसार अधिकांश घर संरचना ध्वस्त भएका छन् । जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या १२८ पुगेको छ । प्राप्त प्रहरीको पछिल्लो रिपोर्ट अनुसार जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ । 

भूकम्पका कारण भेरी नगरपालिका स्थित खलङ्गा बजार र नलगाड नगरपालिकामा धेरै क्षति पुगेको छ । घाइतेहरूको सङ्ख्या लगातार बढिरहेको प्रहरीले जनाएको छ ।