सर्वोच्च अदालतको आदेशपछि रिगल ढकाल नेपालगञ्जबाट पक्राउ

सर्वोच्च अदालतको आदेशपछि रिगल ढकाल नेपालगञ्जबाट पक्राउ

काठमाडौं । सर्वोच्च अदालतले कैद मिनाहा दिने सरकारको निर्णय बदर गरेसँगै प्रहरीले योगराज ढकाल ‘रिगल’लाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले रिगललाई पक्राउ गरेको हो ।

सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका रिगललाई आममाफी दिने निर्णय बदर गरेको थियो । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने आदेश गरेको हो ।