आज वि.सं.२०८० आश्विन २८ गते आइतवारको राशिफल

आज वि.सं.२०८० आश्विन २८ गते आइतवारको राशिफल

आजको राशिफल 

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
सहयोगी हातहरू अघि बढ्नेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । व्यापार व्यवसाय सामान्य होला । पुनर्मिलनको योग पनि रहेको छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुन सक्छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
विद्या र बुद्धिको कमी हुनेछ । प्रेममा समेत अविश्वासको वातावरण सिर्जना हुनसक्छ । स्वास्थ्यमा धन खर्च हुनेछ, तर शुभ कार्यको चर्चा चल्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आज कुनै कुराले मनमा शान्ति छाउनेछ । आम्दानी बढाउने कामको योजना गर्न सकिनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आज धर्मकर्म र सामाजिक कार्यमा मन जानेछ । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज मनोरञ्जन पूर्ण दिन रहनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिक कार्यमा मन जानेछ । व्यावसायिक काममा राम्रै हुने र योजना पनि बन्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । जोशजाँगर र हिम्मत बढ्ला । बन्धु बान्धवबाट सहयोग पनि मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आँटेको र ताकेको कार्य अघि बढ्नेछ । पारिवारिक सहयोग र सद्भाव बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज अनावश्यक खर्च हुने र मानसिक चिन्ता बढ्नेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । योजना गोप्य राखेर अघि बढ्नुहोला ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
– ज्यो.प. नारायणप्रसाद दुलाल