रिगलको कैद मिनाहा विरुद्ध भारती माइतीघरमा, जेलमै राख्नुपर्ने मागसहित अनशन सुरु

रिगलको कैद मिनाहा विरुद्ध भारती माइतीघरमा, जेलमै राख्नुपर्ने मागसहित अनशन सुरु

काठमाडौँ । योगराज ढकाल ‘रिगल’लाई कैद मिनाहा गरेर रिहा गरेको निर्णयविरुद्ध भारती मानन्धरले अनशन सुरु गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले ढकालको कैद मिनाहा गरेका थिए । 

रिगलले भारतीका श्रीमान् चेतन मानन्धरको हत्या गरेका हुन् । माफी मिनाहाको निर्णय फिर्ता लिनुपर्ने माग राखेर भारतीले बुधवारबाट माइतीघर मण्डलामा अनशन सुरु गरेकी हुन् । राष्ट्रपतिको निर्णयविरुद्ध उनले सर्वोच्चमा रिट दर्ता गराएकी छन् ।

भारतीले सर्वोच्चमा दायर गरेको रिटको दर्ता नम्बर ०८०–डब्बुओ–०३०६ रहेको छ ।