बाँकेको बालसुधार गृहमा झडप : एक जनाको मृत्यु, १० जना घाइते

बाँकेको बालसुधार गृहमा झडप : एक जनाको मृत्यु, १० जना घाइते

काठमाडौं । बाँकेको डुडुवा गाउँपालिकामा रहेको बालसुधार गृहमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। 

जयन्दु बाल सुधार गृहमा गए राति झडप भएको थियो। झडपमा ११ जना घाइते भएका र एक जनाको उपचारको क्रममा निधन भएको बाँकेकमा प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिए।

कपिलवस्तु रुद्रपुरका सुलभ केसीको मृत्यु भएको बताइएको छ। उनी अपहरण, शरिरबन्धक र जबरजस्ती करणी कसुरमा सुधार गृहमा थिए। झडपमा १० जनाको अवस्था गम्भीर रहेको छ।

घाइतेहरूको नेपालगन्ज शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।