विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? जान्नुहोस् आजको विनिमय दर

काठमाडौँ : मङ्गलवार कतारी रियाल र मलेसियन रिंगिटको भाउ केही बढेको छ । अमेरिकी डलरसहित अरू विदेशी मुद्राको भाउ भने घटेको छ ।

नेपाल राष्ट्र बैङ्कले १ अमेरिकी डलरको खरिद दर ११३ रुपैयाँ ०८ पैसा र बिक्री दर ११३ रुपैयाँ ६८ पैसा तोकेको छ । हिजो खरिद दर ११३ रुपैयाँ २१ पैसा र बिक्री दर ११३ रुपैयाँ ८१ पैसा तोकेको थियो ।

साउदी रियाल एकको खरिद दर ३० रुपैयाँ १४ पैसा र बिक्री दर ३० रुपैयाँ ३० पैसा रहेको छ । हिजो खरिद दर ३० रुपैयाँ १८ पैसा र बिक्री दर ३० रुपैयाँ ३४ पैसा रहेको थियो ।

कतारी रियालको भाउ भने केही बढेको छ । रियाल १ को खरिद दर ३१ रुपैयाँ ०६ पैसा र बिक्री दर ३१ रुपैयाँ २२ पैसा तोकेको छ । हिजो खरिद दर ३० रुपैयाँ ९० पैसा र बिक्री दर ३१ रुपैयाँ ०६ पैसा रहेको थियो ।

यस्तै, ओमानी रियाल १ को खरिद दर २९३ रुपैयाँ ३६ पैसा रहेको छ । हिजो खरिद दर २९३ रुपैयाँ ६९ पैसा रहेको थियो ।

आज युएई दिर्हाम १ को खरिद दर ३० रुपैयाँ ७९ पैसा र बिक्री दर ३० रुपैयाँ ९५ पैसा तोकेको छ । हिजो खरिद दर ३० रुपैयाँ ८२ पैसा र बिक्री दर ३० रुपैयाँ ९८ पैसा रहेको थियो ।

मलेसियन रिंगिटको भाउ पनि मङ्गलवार केही बढेको छ । एकको खरिद दर २७ रुपैयाँ ८४ पैसा र बिक्री दर २७ पैसा ९८ पैसा रहेको छ । हिजो खरिद दर २७ रुपैयाँ ७७ पैसा र बिक्री दर २७ पैसा ९२ पैसा रहेको थियो ।

कोरियन वन १ सयको खरिद दर ९ रुपैयाँ ७७ पैसा र बिक्री दर ९ रुपैयाँ ८२ पैसा तोकेको छ । हिजो पनि खरिद दर ९ रुपैयाँ ७७ पैसा र बिक्री दर ९ रुपैयाँ ८२ पैसा नै रहेको थियो ।

कुवेती दिनार १ को खरिद दर ३७२ रुपैयाँ ५४ पैसा र बिक्री दर ३७४ रुपैयाँ ५१ पैसा तोकेको छ । हिजो खरिद दर ३७३ रुपैयाँ ०७ पैसा र बिक्री दर ३७५ रुपैयाँ ०५ पैसा रहेको थियो ।

बहराइन दिनार १ को खरिद दर २९९ रुपैयाँ ९२ पैसा र बिक्री दर ३०१ रुपैयाँ ५१ पैसा तोकेको छ । हिजो खरिद दर ३०० रुपैयाँ २१ पैसा र बिक्री दर ३०१ रुपैयाँ ८० पैसा रहेको थियो ।