ढाकाकुमार श्रेष्ठले कारवाही गर्न माग गरेपछि एक जना पक्राउ

ढाकाकुमार श्रेष्ठले कारवाही गर्न माग गरेपछि एक जना पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान सांसद डा.ढाकाकुमार श्रेष्ठबारे सामाजिक सञ्जालमा भ्रामक पोस्ट पोस्ट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीले स्याङ्जा आँधीखोलाका ३५ वर्षीय सूर्यबहादुर रेग्मी पक्राउ गरेको हो । श्रेष्ठको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।

रेग्मीले ‘श्रेष्ठलाई अज्ञात समूहले उनकै निवास अगाडि धारिलो हतियार प्रयोग गरी घाइते बनाएको र उपचारको लागि मणिपाल शिक्षण अस्पताल लगिएको, अवस्था चिन्ताजनक रहेको डाक्टरबाट जानकारी, थप समाचार आउन बाँकी’ भन्ने जस्ता कुराहरु लेखी पोस्ट गरेका थिए ।

श्रेष्ठले आफ्ना विषयमा जथाभावी लेख्नेलाई कारबाही गरिपाउँ भनी उजुरी गरेपछि प्रहरीले रेग्मीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । रेग्मीलाई विद्युतीय कारोबार ऐन, २०६३ विपरीतको कसुर (साइबर अपराध) अन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।