८५ दिनसम्म पनि न्याय नपाएपछि मुण्डन गरी विरोध गर्दै आरतीका परिवार

८५ दिनसम्म पनि न्याय नपाएपछि मुण्डन गरी विरोध गर्दै आरतीका परिवार

काठमाडौं । आरती साहको न्यायका लागि काठमाडौँ माइतीघरमा धर्नामा बसेका उनका परिवारका सदस्यले सरकारले बेवास्ता गरेको भन्दै त्यसको विरोधमा कपाल मुण्डन गरेका छन् । साहको परिवारका सदस्यले विरोध प्रदर्शन गरेको ८५ पुग्दा पनि बेवास्ता गरिएको भन्दै शुक्रबार कपाल मुण्डन गरेर विरोध गरेका हुन् । ‘आरती साहको परिवारको लागि यो सरकार मरिसकेको छ र हिन्दु धर्म अनुसार मरिसकेको मान्छेको नौकेस श्राद्ध गर्ने परम्परा’ अनुसार कपाल मुण्डन गरिएको धर्नामा बसेका एक सदस्यले बताए ।

धनुषा नगराइन–८ खिरखिरया निवासी २५ वर्षीय साहको दाइजोको कारण परिवारबाट नै हत्या भएको माइती पक्षको दाबी छ । उनको माइती पक्ष घटनाको सत्यतथ्‍य एवं निष्पक्ष छानबिन हुनुपर्ने माग राखी विगत ८५ दिनदेखि माइतीघर मण्डलामा लगातार २४ घण्टे धर्नामा बसिरहेको छ ।