स्वर्गीय रिजालप्रति राष्ट्रिय सभा गृहमा श्रद्धाञ्जली अर्पण

स्वर्गीय रिजालप्रति राष्ट्रिय सभा गृहमा श्रद्धाञ्जली अर्पण

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नंं १६ का अध्यक्ष मुकुन्द रिजालप्रति विभिन्न राजनीतिक दलका नेता, सरकारका प्रतिनिधि तथा सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गरेका छन् । 

रिजालको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बिहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा राखिएको थियो । उनको शव आजै अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिनेछ ।

नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहेका रिजालको उपचारका क्रममा  आज बिहान ०७ः३० बजे निधन भएको थियो ।