भारतले धौलीगङ्गाको बाँध खोलेपछि दार्चुला र बैतडी जोखिममा

भारतले धौलीगङ्गाको बाँध खोलेपछि दार्चुला र बैतडी जोखिममा

काठमाडौं । भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका खोलेपछि महाकाली नदी किनारमा सतर्कता अपनाइएको छ ।

उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा बाँधको ढोका आज बिहान ५ बजे खोलेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

बाँधका ढोका खोलेपछि महाकाली नदीमा जलस्तर बढेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन र नदी किनारमा आवतजावत नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । बेलुकीसम्म नै सतर्कता अपनाउन भनिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए ।

जिल्ला प्रशासन कार्यालय दार्चुला र बैतडीले यसअघि नै सूचना निकालेर सतर्कता अपनाउन आग्रह गरेका थिए । जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार भारतले भोलि बिहान पनि बाँधका ढोका खोल्ने बताएको छ ।