गोरखामा भेटिएको बम जस्तो शंकास्पद वस्तु निष्क्रिय पारियो

गोरखामा भेटिएको बम जस्तो शंकास्पद वस्तु निष्क्रिय पारियो

काठमाडौं । गोरखा–आँबुखैरेनी सडकखण्डअन्तर्गत गोरखा नगरपालिका–८ स्थित कट्टेलचोकमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शंककास्पद वस्तु निष्क्रिय पारेको हो । टेप बाँधेर राखेको अवस्थामा मुख्य सडकमा फेला परेको कुकरभित्र सिसाका टुक्रा, बारुद र लाइटर भेटिएको रिपुमर्दन गणका गणपति हेमराज बिष्टले जानकारी दिए ।

शंकास्पद वस्तु निष्क्रिय पारिएसँगै अहिले सडक सञ्चालनमा आएको छ ।

आज बिहानै ‘मर्निङ वाक्’ गएका स्थानीयले शंकास्पद वस्तु फेला परेको भन्दै प्रहरीलाई खबर गरेका थिए ।