ललिता निवास प्रकरणमा माधव नेपाल निर्दोश छन् : प्रचण्ड

ललिता निवास प्रकरणमा माधव नेपाल निर्दोश छन् : प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललिता निवास जग्गा हिनामिना प्रकरणमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निर्दोष साबित भएको बताएका छन् ।  शुक्रवार पोखरामा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । 

उनले भ्रष्टाचार प्रकरणमा जुनसुकै पार्टी भए पनि दोषी भए कारबाही हुनुपर्छ भनेर आफैले भनेको भन्दै उनले अघि भने,‘तपाईँहरूले हेर्नुभयो भने माधवजी यहाँ हुनुहुन्छ । माधवजीको बारेमा पनि धेरै प्रश्नहरू के हो कसो हो भनेर बनिनै राख्यो ।’

प्रधानमन्त्री प्रचण्डले माधव नेपालमाथि सीआईबीले बयान लिएपछि प्रश्न उठाउने ठाउँ नै नरहेको बताए । ‘र, पहिलोचोटी अहिले उहाँ निर्दोष हो भन्ने साबित भएको छ । औपचारिक ढङ्गले साबित भयो अब फेरि प्रश्न उठाउने ठाउँ रहेन’, प्रचण्डले भने,‘ किनभने सीआईबीले अन्ततः उहाँको पनि के हो कुरा भनेर बयान त लियो र निर्दोष साबित गरेर मुद्दा चलाउन नपर्ने भनेर लिखित रूपमा दिएपछि सँधैको टेन्सन माधवजीलाई मात्र होइन त्यो टेन्सन मलाई पनि थियो , अब हट्यो ।’  

उनले त्यो टेन्सन केपी ओली प्रधानमन्त्री हुँदा आफूलाई पनि रहेको बताए ।