सोमबार सुनको भाउ घट्यो

काठमाण्डौ : सोमबार सुनको भाउ घटेको छ । सुन आज तोलामा २ सय रुपैयाँले घटेर तोलाको ७४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार ७५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेको हो ।

त्यस्तै तेजावी सुनको भाउ ७४ हजार ५ सय रुपैयामा कारोबार भईरहेको छ । हिजो प्रतितोला ७४ हजार ७ सय रुपैयामा कारोबार भएको तेजावी सुनको भाउ २ सय रुपैयाले घटेको हो । चाँदी आज प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भईरहेको महाँसघले जनाएको छ ।