यी तीन निर्णयपछि अदालतमा पेश हुनेछ ललिता निवास प्रकरणको फाईल (सूचीसहित)

यी तीन निर्णयपछि अदालतमा पेश हुनेछ ललिता निवास प्रकरणको फाईल (सूचीसहित)

काठमाडौ । ललिता निवास जग्गा अनियमितता प्रकरणमा प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले अभियोगपत्रको खाका तयार पारेको छ । शनिबार रातिसमेत गरी सरकारी वकिलको टोलीले अभियोगपत्रको मस्यौदा तयार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जनाएको छ । कार्यालयका अनुसार बिहान ८ बजे निर्णय गरेर अभियोगपत्र प्रिन्ट गरिने र अदालत खुल्नासाथ पेश गर्ने तयारी छ ।

यी विषयमा हुदैंछ निर्णय
१.मुद्दामा संगठित अपराधको अभियोगमा मागदाबी लिने वा नलिने भन्नेबारेमा केही विवाद देखिएको छ, त्यसवारे निर्णय हुनेछ ।
२.प्रहरीले मुद्दा चलाउने राय दिएका पूर्वमन्त्रीहरुलाई मुद्दा चलाउने कि नचलाउने भन्नेबारेमा समेत निर्णय हुनेछ ।
३.पहरीले बहालवाला सचिव कृष्णबहादुर राउतलाई मुद्दा नचलाउने राय दिएको छ, तर उस्तै प्रकृतिका अरु सबैलाई मुद्दा चलाएर उनलाई नचलाउने निर्णय कसरी मुद्दा नचलाउने निर्णय लिने भन्नेवारेको अलमल समेत टुंगिएको छैन ।

यस प्रकरणबारे कार्यालय प्रमुखले विभागिय प्रमुख (महान्यायाधीवक्ता)सँग समेत राय लिएको कार्यालय स्रोतले जनाएको छ ।