सन्दीप लामिछाने बलात्कार मुद्दाकी पीडित किशोरीद्वारा आत्महत्या प्रयास

सन्दीप लामिछाने बलात्कार मुद्दाकी पीडित किशोरीद्वारा आत्महत्या प्रयास

काठमाडौँ ।  क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दाकी पीडित किशोरी ‘गौशाला २६’ ले आत्महत्या प्रयास गरेकी छिन्। 

उनको अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले  जानकारी दियो।

क्रिकेटर लामिछानेविरुद्धको मुद्दाको आइतबार अन्तिम सुनुवाइको पेशी तोकिएको छ। जिल्ला अदालतमा मुद्दाको फैसला हुने पेशी तोकिएको एक दिनअघि गौशाला २६ ले आत्महत्याको प्रयास गरेकी हुन्।

प्रहरी स्रोतका अनुसार उनले चिकित्सकले दिएकै औषधि बढी सेवन गरिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

गतवर्ष भदौमा उनले आफूलाई क्रिकेटर लामिछानेले बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दिएकी थिइन्।

त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो। जिल्ला अदालतले उनलाई जमानतमा रिहा गर्न अस्वीकार गरे पनि सर्वोच्च अदालतले विभिन्न शर्त राखेर उनलाई थुनामुक्त गरेको थियो।