दार्चुलाकी राजेश्वरी धनगढीमा मृत फेला, प्रेमी पक्राउ, के छ सुसाइड नोटमा ?

दार्चुलाकी राजेश्वरी धनगढीमा मृत फेला, प्रेमी पक्राउ, के छ सुसाइड नोटमा ?

दार्चुला । धनगढीको दीपेन्द्र प्रहरी स्कुलमा कार्यरत दार्चुलाको मार्मा गाउँपालिका–६ की २२ वर्षीया शिक्षिका राजेश्वरी डडाल मृत फेला परेकी छिन् ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरमा बस्दै आएकी डडाल हिजो बिहीवार मृत फेला परेको प्रहरीले जनाएको छ । यस घटनामा दार्चुलाकै २५ वर्षीय जगदीश कोट्टारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।

मृतकका परिवारले कोट्टारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । मृतक डडालले सुसाइड नोट समेत लेखेर छोडेको पारिवारिक स्रोतले जनाएको छ ।

डडाल र कोट्टारी प्रेम सम्बन्धमा रहेको बुझिएको छ । कोट्टारी दार्चुलाको लटिनाथ क्याम्पसका स्ववियु सभापतिसमेत हुन् । उनी गएको स्ववियु चुनावमा अखिल क्रान्तिकारीबाट सभापति निर्वाचित भएका थिए ।