मुग्लिन नजिकै पहिरो जाँदा पृथ्वी राजमार्ग अवरूद्ध

मुग्लिन नजिकै पहिरो जाँदा पृथ्वी राजमार्ग अवरूद्ध

चितवन । पृथ्वी राजमार्गको मुग्लिन नजिकै नाग्दी खोलामा शुक्रबार साँझ पहिरो खसेपछि सडक अवरूद्ध भएको छ ।

मुग्लिनदेखि पूर्व काठमाडौंतर्फ इच्छाकामना गाउँपालिका-४ मा पर्ने नाग्दी खोलामा साँझ पौने ७ बजे पहिरो खसेर दुईतर्फी रूपमा नै सडक अवरूद्ध भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

अहिले सडक डिभिजन कार्यालयसँग समन्वय गरेर पहिरो पन्छाउन सुरू गर्ने पण्डितले बताए । पृथ्वी राजमार्गको नाग्दी खोलामा अघिल्ला वर्षहरूमा पनि बर्खायाममा पहिरो जाने गरेको थियो ।