नेकपा एकीकृत समावादीको केन्द्रीय समिति बैठक सुरु

नेकपा एकीकृत समावादीको केन्द्रीय समिति बैठक सुरु

काठमाडौँ । माधव कुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक मंगलबारदेखि सुरु भएको छ । ललितपुरको बालकुमारीस्थित एक पार्टी प्यालेसमा जारी बैठकमा बैठकमा पार्टीका सबै तहका कमिटी तथा जनवर्गीय सङ्गठनको समीक्षा गरी महाधिवेशनको मिति र स्थान तय गर्ने सो पार्टीको तयारी छ । 

पार्टी स्थापना भएको करिब दुई वर्षमा पनि एकीकृत समाजवादी पार्टीको महाधिवेशन हुनसकेको छैन । बैठकमा पछिल्लो विकसित परिस्थितिमा पार्टीको भूमिका तथा सङ्गठन निर्माणमा भएका गतिविधिबारे मातहतका कमिटीले केन्द्रलाई प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

अध्यक्ष माधवकुमार नेपालले यसअघि बसेका सचिवालय, स्थायी र पोलिटव्युरो सदस्यहरुले दिएको सुझावका आधारमा बैचारिक राजनीतिक प्रतिवेदन पेश गरेको बताइएको छ । त्यस्तै महासचिव घनश्याम भुसालले सांगठानिक प्रतिवेदन पेश गर्नेछन् ।

दुवै प्रतिवेदनमाथि छलफल गरेर पारित गरेपछि बैठकले महाधिवेशनको मिति तोक्ने उपसमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।