राष्ट्रपति निवासमा सर्वदलीय बैठक सुरु, एमालेले गर्यो बहिस्कार

राष्ट्रपति निवासमा सर्वदलीय बैठक सुरु, एमालेले गर्यो बहिस्कार

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा एमालेबाहेक सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूबीचको छलफल सुरु भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा बसेको सर्वदलीय बैठकमा एमाले भने अनुपस्थित भएको हो । राष्ट्रिय राजनीतिमा राष्ट्रपतिले अनावश्यक सक्रियता देखाएको भन्दै सो बैठक एमालेले बहिस्कार गरेको हो । 

बैठकमा संसद् सुचारु गर्नेसहित समसामयिक राजनीतिक सन्दर्भमा छलफल हुने भएको छ । 

राष्ट्रपति पौडेलले संसद्को गतिरोध अन्त्यका लागि यसअघि राष्ट्रपति प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, कांग्रेस सभापति, एमाले अध्यक्ष र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसँग छलफल गरेका थिए ।