ललिता निवास अनुसन्धान प्रतिवेदनमा गडबड, आज किन बुझाइएन ?

ललिता निवास अनुसन्धान प्रतिवेदनमा गडबड, आज किन बुझाइएन ?

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले आज ललिता निवास जग्गा प्रकरण सम्बन्धी अनुसन्धान प्रतिवेदन  जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाउने तयारी गरेको थियो । तर अन्तिममा तयारी नपुगेको भन्दै सिआइबी पछि हटेको छ । 

सिआइबीले सो प्रकरणमा संलग्न दुई पूर्व प्रधानमन्त्री बाहेकको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउन लागेको थियो । बालुवाटारस्थित ललिता निवास जग्गा प्ररकणमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान नगरेको भन्दै चर्को आलोचना भएपछि सिआइबी पछि हटेको चर्चा छ । 

सर्वोच्च अदालतले समेत निर्णयकर्तामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन बाटो खुला गरिदिएकोमा सत्ता गठबन्धनको दबावमा पूर्वप्रधानमन्त्रीहरुमाथि अनुसन्धान गर्नबाट सीआइबी पछि हटेको थियो । 

चौतर्फी विरोध भएपछि पूर्व प्रधानमन्त्रीसँग पनि बयान लिने विषयमा थप परामर्श भइरहेको बताइन्छ ।