काठमाडौं । समाजवादी मोर्चाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । साँझ ६ बजेका लागि नेकपा एकीकृत समाजवादीको कार्यालयमा बोलाइएको बैठक स्थगित भएको हो ।
अब बैठक भोलि बिहान साढे ७ बजे बस्ने नेकपा एसका उपमहासचिव जगन्नाथ खतिवडाले बताए । गौर हत्याकाण्डको छानबिन गर्ने सम्झौता सरकारले गरेपछि मोर्चामा आबद्ध जनता समाजवादी पार्टी नेपाल प्रधानमन्त्री प्रचण्डसँग सशंकित हुँदै आएको छ । उपेन्द्र यादव र नेकपाका अध्यक्ष नेत्र विक्रम चन्द विप्लवले बेवास्था गर्दा आजको बैठक बस्न नसकेको बताइन्छ ।
यस्तै, सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा नेकपा एसका अध्यक्ष माधव नेपालमाथि छानबिन गर्ने बाटो खोलिदिएपछि आशंका पैदा भइरहेको बेलामा मोर्चाको बैठक बस्न लागेको हो । यसअघि तय भएको बैठक विभिन्न कारणले सर्दै आएको थियो ।