गृहमन्त्रीलाई कर्मचारीको ब्रिफिङ : मरेका कुखुराको मासु उपभोक्ताको भान्सामा पुग्छ

गृहमन्त्रीलाई कर्मचारीको ब्रिफिङ : मरेका कुखुराको मासु उपभोक्ताको भान्सामा पुग्छ

काठमाडौं । पशु सेवा विभागकी उपमहानिर्देशक डा. प्रेरणा सेढाईं भट्टराईले उपभोक्ताको भान्सामा मरेका कुखुराको मासु पुगिरहेको बताएकी छन् ।

गृह मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री नारायणकाजी श्रेष्ठलाई ब्रिफिङ गर्दै उनले मरेका कुखुरालाई प्याकिङ गरेर उपभोक्ताका किचनमा पु¥याउने गरिएको पाइएको बताएकी हुन् ।

निरीक्षणका क्रममा भारतबाट भित्र्याइएका कुखुराहरू मरेको अवस्थामा प्याकिङ गरेर उपभोक्तासम्म पुग्ने गरेको पाइएको उनले बताइन् ।

भारतबाट रातको समयमा कुखुरा ल्याइने गरिएको र ती कुखुराहरू बाटोमा ल्याउँदै गर्दा वा खोरमा ल्याएर राखिएपछि मर्ने गरेको र त्यसैलाई काटेर बजारमा पु¥याइने गरेको हो ।