काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केन्द्रिय अनुसन्धान ब्यूरोले ललिता निवास जग्गा हिनामिना प्रकरणको अनुसन्धान प्रतिवेदन पेश गर्नै थालेपछि शंका व्यक्त गरेका छन् । सभापति लामिछाने आइतबार आफ्नो फेसबुक एकाउन्टमा ठूलो गडबढ भएको भन्दै आशंका व्यक्त गरेका छन् ।
लामिछानेको स्टाटस जस्तोको त्यस्तैः
CIB ले गैरकानुनी आदेश नसुनोस्, नमानोस्। ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान नै बिनाको अपुरो अधुरो फाइल पेश नगरोस्। गृहमन्त्री ज्यु, केही त गडबड छ । ठुलै गडबड छ।