काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा पुगेका छन् । अर्का मेडिकल व्यवसायी समेत रहेका सांसद सुनिल शर्मा पक्राउ परेसँगै प्रसाई सीआईबीमा पुगेका हुन् ।
प्रसाईँले शर्मा पक्राउ परेको थाहा पाएसँगै आफू यसबारे बुझ्न सीआईबीमा आएको बताए । सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले शर्माले यो सर्टिफिकेट ल्याएर के काम गरेको छ भन्दै प्रश्न गरे ।
नक्कली सर्टिफिकेट प्रकरणमा आज नेपाली कांग्रेसका सांसद सुनिल शर्मासहितका अन्य केही व्यक्तिहरु पनि पक्राउ परेका हुन् ।
सिआइबीले कति जना पक्राउ परेका भनेर यकिन जानकारी आइनसकेको बताए पनि ८, १० जना पक्राउ परेका हुनसक्ने जनाइएको छ। सिआइबी श्रोतका अनुसार टोली फिल्डमै रहेकाले कति जना समातिएका हुन् भन्ने बारेमा खुलिसकेको छैन।
सिआइबीका प्रमुख अतिरीक्षक महानिरीक्षक किरण बज्राचार्यले थप केही व्यक्तिहरु समातिएको पुष्टी गरिन्।