काठमाडौं । सदन सुचारू गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सक्रियता बढाएका छन् । संसद सुचारू गर्नका लागि प्रधानमन्त्री निवास बालुवाटार तीन दलको बैठक सुरू भएको छ ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका प्रमुख सचेतकहरू उपस्थित छन् ।