काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेले प्रतिनिधिसभालाई बन्धक बनाएर बार्गेनिङको माध्यम बनाएको बताएका छन् ।
प्रमुख प्रतिपक्षी दल एमालेप्रति लक्षित गर्दै उनले संसदलाई बार्गेनिङको माध्यम बनाएकोले कानुन बनाउने र जनसरोकारका विषयमा छलफल र निर्णय गर्ने काम अवरुद्ध भएको बताएका छन् । २ पटक समय निर्धारण भएर पनि प्रतिनिधिसभा बैठक बस्न नसकेपछि सामाजिक सञ्जालमार्फत लामिछानेले आक्रोस पोखेका छन् ।
उनले भनेका छन्– ‘वर्षौदेखि देशलाई कसरी प्यारलाईज्ड् गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं । कयौं कानुन बनाउनु पर्नेछ, कयौं कानुनमा संशोधन छन्, जन सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नु छ । तर संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ । दुःखद ।।’