सर्वोच्चको आदेश आएको दोस्रो दिन माधव नेपाल जेनेभा प्रस्थान, वेदुरामलाई कार्यवाहक अध्यक्षको जिम्मेबारी

सर्वोच्चको आदेश आएको दोस्रो दिन माधव नेपाल जेनेभा प्रस्थान, वेदुरामलाई कार्यवाहक अध्यक्षको जिम्मेबारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधमानमन्त्री माधव नेपालले करिब दुई साताका लागि विदेश यात्रामा निस्किएका छन् । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता मञ्चको कार्यक्रममा सहभागी हुन नेपाल आज बिहान जेनेभा प्रस्थान गरेका छन्। 

भदौ १ गतेसम्म स्विजरल्याण्ड, स्पेन, क्रोसिया र बेलायतमा हुने कार्यक्रमका सहभागी हुने अध्यक्ष नेपालको भ्रमण तालिका छ । अध्यक्ष नेपालले आफ्नो अनुपस्थितिमा पार्टी कामको संयोजन गर्न उपाध्यक्ष वेदुराम भुसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छन् । 

आइतबार मात्र सर्वोच्च अदालतले ललितानिवास जग्गा अनियमितता प्रकरणमा नेपाललाई पनि अनुसन्धानको दायरामा ल्याउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । सर्वोच्चको आदेशको दोस्रो दिनमै नेपाल दुई साताका लागि विदेश हिँडेका हुन्।