आज यी प्रदेशमा हुनेछ अति भारी वर्षा, यातायात सेवा प्रभावित हुनसक्ने

आज यी प्रदेशमा हुनेछ अति भारी वर्षा, यातायात सेवा प्रभावित हुनसक्ने

काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना रहेको छ । हल्कादेखि धेरै भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज बिहानैदेखि देशभर सामान्यदेखि पूर्ण बदली रहको छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

विभागले आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली  रहने जनाएको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेस र  लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको विभागको भनाइ छ । 
 
विभागका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोसी, मधेस, वाग्मती र गण्डकी  प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । 

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ विभागले जनाएको छ । 

भारी र धेरै भारी वर्षाको सम्भावना रहेकाले आज नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षय तथा हावाहुरीजस्ता प्रकोप हुनसक्ने विभागको भनाइ छ । यसले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ ।