केन्द्रिय समिति बैठकमा आज प्रचण्डले जवाफ दिने

केन्द्रिय समिति बैठकमा आज प्रचण्डले जवाफ दिने

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिँदैछन् । गत बुधवारदेखि जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिए पछि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ । हालसम्म माओवादीका झन्डै २ सय केन्द्रीय सदस्यहरूले धारणा राखिसकेका छन् । पार्टी नेतृत्वको चर्को आलोचनासहित नेताहरूको सम्पत्ति छानबिनसम्म बहस भएका छन् ।

मंसिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेका छन् ।

सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।