यी हुन् माओवादीको केन्द्रीय सदस्यमा मनोनीत भएका २२ सदस्य

यी हुन् माओवादीको केन्द्रीय सदस्यमा मनोनीत भएका २२ सदस्य

काठमाडौँ । नेकपा माओवादी केन्द्रले २२ जना महिला केन्द्रीय सदस्य मनोनीत गरेको छ । बुधबारदेखि जारी केन्द्रीय समिति बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा २२ जना महिला केन्द्रीय सदस्य मनोनीत गरिएको पार्टी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । 

मनोनीत भएका केन्द्रीय सदस्यहरूमा दिलमाया बुढामगर, नीरमाया श्रीष, आङदावा शेर्पा, इन्दिरा अधिकारी, उमा कपाली, उर्मिला विक, गंगा खड्का, गीताकुमारी कँडेल चौंलागाईं, गीता शाही, छमकुमारी खनाल, निशा न्यौपाने, पार्वती थापा छन् । 

त्यसैगरी भगवती तिवारी, मोतीकला चलाउने, लालकुमारी पुन, लीला शर्मा, सपना परियार, सीता दाहाल, सुशीला घिमिरे, सुशीला पौडेल, सूर्यकुमारी विक र सरु चौधरी पनि मनोनीत भएका छन् ।

योसँगै माओवादीको केन्द्रीय समितिमा केन्द्रीय सदस्यको संख्या चार सय सात पुगेको  छ ।