माओवादी बैठकको तेस्रो दिन, आज पनि केन्द्रिय सदस्यहरुले धारणा राख्ने

माओवादी बैठकको तेस्रो दिन, आज पनि केन्द्रिय सदस्यहरुले धारणा राख्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज पनि पनि बस्दैछ ।  गत बुधबारदेखि सुरु भएको बैठकमा हालसम्म झन्डै चार दर्जन नेताले समसामयिक राजनीति र पार्टी सम्बन्धित आप्ना धारणा राखिसकेका छन् । मङ्सिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका लगायतका विषय बैठकमा चर्चा हुने गरेको छ । 

बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ जना सहभागी रहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।