प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस

काठमाडौं । संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशका लागि विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ । 

बैठकपछि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले  श्रेष्ठको नाम सिफारिस भएको जानकारी दिए । 

डोटी जिल्लाको सिलगडीमा सन् २०१६ असोज २० गते जन्मिएका श्रेष्ठले कानुन तथा न्याय मन्त्रालयमा शाखा अधिकृतको रुपमा २०३८ सालबाट जिम्मेवारी सम्हालेका हुन् । सर्वोच्च अदालतको वेवसाइटमा राखिएको जानकारी अनुसार न्यायाधीश श्रेष्ठले २०४५ जेठ ३ गतेबाट दार्चुला जिल्ला अदालतमा न्यायाधीश, राजपत्रित द्वितीय श्रेणीको जिम्मेवारी सम्हालेका थिए ।