प्रचण्ड कै सल्लाहमा फाइल खोले,दोषी पार्टीकै भएपनि छाडिन्न : गृहमन्त्री श्रेष्ठ

प्रचण्ड कै सल्लाहमा फाइल खोले,दोषी पार्टीकै भएपनि छाडिन्न : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै सल्लाहमा फाइल खोलेको बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै श्रेष्ठले छानबिनको क्रममा पार्टीभित्रकै दोषी देखिए कसैलाई नजोगाउने बताएका हुन् । छानबिनको क्रममा पार्टीभित्रकै दोषी देखिए कसैलाई नजोगाउने बताए । सरकारले अहिले भ्रष्टाचार विरोधी अभियान चलाइरहेको छ । पछिल्लो समय सुन प्रकरणमा माओवादीकै नेताहरूको नाम जोडिएको छ।

श्रेष्ठले अहिले पार्टी रूपान्तरणको अवसर भएको बताएका छन् । बुधवारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा सरकारले अहिले गरिरहेको राम्रो कामको बलमा नै पार्टीलाई रूपान्तरण गरेर अघि बढ्नुपर्ने बताए । सरकारको राम्रो कामका बलमा एकता, रूपान्तरण गरेर पार्टी पुनर्निर्माण उनले बताए । 

नेताहरूले पार्टी पार्टी शुद्धीकरण तथा सुदृढीकरण गर्दै वामपन्थी एकतामा जोड दिएका थिए। भने सरकारले चालेको भ्रष्टाचार विरोधी अभियानमा छानबिनको सुइँ जहाँसम्म गए पनि छाड्न नहुने र नेताहरूको पनि सम्पत्ति छानबिन गर्नुपर्ने कुरा उठाएका छन् ।