रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा...

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । बिहीबार अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय चमतिमा बैठक बोलाइएको रास्वपाका महामन्त्री मुकुल ढकालले बताए । समसामयिक परिस्थितिबारे केन्द्रीय सदस्यहरूलाई अद्यावधिक गराउन बैठक राखिएको उनको भनाइ छ । बैठकमा पार्टीको राजनीतिक दस्तावेज, पहिलो महाधिवेशन, केन्द्रीय सदस्य थप लागयतका विषयमाथि छलफल हुने रास्वपाले जनाएको छ । 

पार्टीको राजनीतिक दस्तावेजलाई अन्तिम रूप दिने र आगामी मंसिरदेखि तल्ला कमिटीको अधिवेशन थाल्ने रास्वपाको तयारी छ । मंसिरमा वडा अधिवेशन सुरु गरेर विभिन्न तहको अधिवेशन सकी फागुनमा पहिलो महाधिवेशन सम्पन्न नेताहरु बताउँछन् । रास्वपामा १ सय २१ सदस्यीय केन्द्रीय कार्यसमिति हुने व्यवस्था रहेपनि अहिलेसम्म ३९ जना केन्द्रीय सदस्यमात्र मनोनीत भएका छन् । सहमहामन्त्री कविन्द्र बुर्लाकाटीेका अनुसार केन्द्रीय कार्यसमिति बैठकबाट केन्द्रीय सदस्य थप्ने तयारी छ ।