माओवादीको केन्द्रीय समिति बैठक बस्दै, केन्द्रीय सदस्यहरुले धारणा राख्ने

माओवादीको केन्द्रीय समिति बैठक बस्दै, केन्द्रीय सदस्यहरुले धारणा राख्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा बुधबारदेखि सुरु भएको बैठकमा आज पनि केन्द्रीय सदस्यहरूले आफ्नो भनाइ राख्नेछन् । बैठकको पहिलो दिन नै १८ जनाले सदस्यले धारणा राखेका थिए । बैठकमा हरेक केन्द्रीय सदस्यलाई पाँच÷पाँच मिनेट समय दिइएको छ ।

बैठकमा खासगरी समसामयिक राजनीतिक विषय, विधान सम्मेलन, सरकारको कामकारबाहीको वियमा छलफल भइरहेको छ । केन्द्रीय सदस्यहरू, वैकल्पिक केन्द्रीय सदस्यहरू, आयोगका पदाधिकारी, प्रदेश पदाधिकारी सहभागी भएको बैठकमा पहिलो दिन बुधबार अध्यक्ष प्रचण्डले मौखिम प्रतिवेदन पेस गरेका थिए ।