११ बजेदेखि माओवादी केन्द्रिय कमिटी बैठक, लाइभ नहुने

११ बजेदेखि माओवादी केन्द्रिय कमिटी बैठक, लाइभ नहुने

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ नगर्ने भएको छ । आज बसेको स्थायी समिति बैठकले बैठक लाइभ नगर्ने निर्णय गरेको हो । माओवादी केन्द्रीय समिति बैठक आज बिहान ११ बजदेखि प्रज्ञा भवन कमलादीमा सुरु हुँदै छ । बैठक पाँच दिनसम्म चल्ने छ ।

यसअघि बैठक सामाजिक सन्जालबाट लाइभ गर्ने माओवादीले जनाएको थियो । तर धेरै जनाको विरोध आएपछि बैठक लाइभ नगर्ने निर्णय भएको सचिव गणेश शाहले जानकारी दिए ।