सिरहामा भेटियो एक युवकको शव, हत्याको आशंका

सिरहामा भेटियो एक युवकको शव, हत्याको आशंका

काठमाडौं । सिरहामा एक युवकको शव फेला परेको छ । सिरहाको गोलबजार नगरपालिका–३ स्थित गागण खोलाको पश्चिम तर्फ किनारमा रहेको बाँस घारीमा अन्दाजी ३०३५ वर्षको युवकको शव फेला परेको हो । उनको सनाखत भने नभएको प्रहरीले जनाएको छ । युवकको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनास्थलको प्रकृति हेर्दा शंकास्पद देखिएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी राजनराज पाण्डेले बताएका छन् । 

आज बिहान ७ बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । डिएसपी पाण्डेले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको बताए ।