घट्यो बागमती प्रदेशको भाडा, कुन रुटको भाडा कति ?

घट्यो बागमती प्रदेशको भाडा, कुन रुटको भाडा कति ?

काठमाडौँ । काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशभित्र संचालन हुने सार्वजनिक सवारीसाधनको भाडा घटेको छ । वाग्मती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयले बिहीबारदेखि लागू हुनेगरी भाडादर घटाएको छ । यसअघि आयल निगमले पेट्रोल तथा डिजेलको मूल्य घटाएकाले मन्त्रालयले सोअनुसार मूल्य समायोजन गरेको हो । 

नयाँ भाडादरको सूचीअनुसार बस चढेपछि पहिलो ५ किलोमिटरसम्मको दूरीको भाडा १८ रुपैयाँ कायम भएको छ । यसअघि यो दर १९ रुपैयाँ थियो । यद्यपि सहचालकहरुले भने २० रुपैयाँ नै लिँदै आएका छन् । 

त्यस्तै १० किलोमिटरसम्मको दूरीको भाडा २४ रुपैयाँ, १५ किलोमिटरसम्मको भाडा २९ रुपैयाँ, २० किलोमिटरसम्मको भाडा ३२ र २० किलोमिटरभन्दा माथिको भाडा दर ३७ रुपैयाँ तोकिएको मन्त्रालयले जनाएको छ । 

भाडादर घटाइए पनि सोअनुसार भने लागू नभएको पाइएको छ । यसअघि पनि न्यूनतम भाडा १९ रुपैयाँ तोकिएकोमा स्थानीय सार्वजनिक बसले २० रुपैयाँ असुल्दै आएका थिए ।