अर्थमन्त्री महतले गरे विमानस्थलको निरीक्षण, भन्सार कर्मचारीहरूसँग सोधपुछ

अर्थमन्त्री महतले गरे विमानस्थलको निरीक्षण, भन्सार कर्मचारीहरूसँग सोधपुछ

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । महत आज बिहान निरीक्षणका लागि आज बिहान विमानस्थल पुगेका हुन् । विमानस्थल पुगेका उनले भन्सारका कर्मचारीहरूसँग सोधपुछ पनि गरेका छन् ।

केही दिनअघि राजस्व अनुसन्धान विभागले विमानस्थलको भन्सारबाट पास भएको सुन बरामद भएको थियो । उक्त सुन तस्करी प्रकरण अनुसन्धानरत रहेका बेला   महतले विमानस्थलको निरीक्षण गरेका हुन् । यसअघि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतका सरोकारवालाले पनि विमानस्थलको निरिक्षण गरेका थिए । 

विमानस्थलको भन्सारबाटै ठूलो मात्रामा सुन पास भएको घटनापछि त्यसमा संलग्न नाइकेलाई खोजी गर्न सरकारलाई दबाब परेको छ । तस्करीमा संलग्न भरियालाई नियन्त्रणमा लिने तर मुख्य योजनाकारलाई पक्राउ नगरेको भन्दै नागरिकस्तरबाट प्रश्नसमेत उठ्ने गरेको छ ।