घुष लिएको आरोपमा बुढानीलकण्ठ प्रहरी प्रभागका हवल्दार विष्णु सिंह पक्राउ

घुष लिएको आरोपमा बुढानीलकण्ठ प्रहरी प्रभागका हवल्दार विष्णु सिंह पक्राउ
प्रतिकात्मक चित्र

काठमाडौं । प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंह सेवाग्राहीसँग घुष लिएको आरोपमा पक्राउ परेका छन् । काठमाडौंको बुढानीलकण्ठ प्रहरी प्रभागमा कार्यरत सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार बुढानीलकण्ठ नगरपालिका वडा नं. २ वासिकबाट पक्राउ गरेको हो ।

अख्तियारका अनुसार हबल्दार सिंहले खोलाको ढल सरसफाइ तथा निकास गर्दा निस्किएको बालुवा व्यवस्थापन गर्न सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएका थिए । सोही सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले सिंहलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा र उक्त रकमको स्रोत नखुलेको ६२ हजार ५१५ रुपैयाँसहित सहित पक्राउ गरिएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।