‘माइत जाने हो’ भन्दै नाचे,सुबोध,बिजय, विना र आभा

‘माइत जाने हो’ भन्दै नाचे,सुबोध,बिजय, विना र आभा

काठमाडौं । तीज नजिकिदै गर्दा सामाजिक सञ्जालमा तीजका गीत बज्न थालेका छन्। यहीबीचमा प्रताप दास र रिज्योना कार्कीको स्वरमा तीज गीत ‘माइत जाने हो’ सार्वजनिक भएको छ । 

निर्माण टिमले मंगलबार गीतको भिडियो युटुबमार्फत सार्वजनिक गरेको हो। मित्र केसीले लेखेको गीतमा बिष्णु तामाङको संगीत तथा संगीत सम्योजन रहेको छ । गीतमा माया प्रेमका प्रेमिल भाव प्रस्तुत गरिएको छ। 

विजय गुरुङ निर्देशन गरेको भिडियोमा सुबोध श्रेष्ठ, बिजय गुरुङ, विना राउत र आभा थापाले नाचेका छन्। उनीहरुको नाचलाई दर्शकले रुचाएका छन्। प्रकाश थापाले खिचेको भिडियो मिलन विश्वकर्माले सम्पादन गरेका छन ।

https://youtu.be/kSd3MzYHYL4