ललिता निवास प्रकरणमा थप २ जना पक्राउ

ललिता निवास प्रकरणमा थप २ जना पक्राउ

लपलतपुर । ललिता निवास प्रकरणमा थप दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सकुलनन्द महर्जन र सञ्जय महर्जन रहेका छन्।

उनीहरू नक्कली मोही रहेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जानकारी दियो । उनीहरूलाई ललितपुरको कुपन्डोल क्षेत्रबाट सोमबार दिउँसो पक्राउ गरिएको हो । 

यसअघि शुक्रबार सर्वोच्च अदालतले सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई छाड्न आदेश दिएको थियो। अहिले उनलाई हिरासतमा नराखी नै अनुसन्धान भइरहेको हो। राउतले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए। 

यससँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या २१ पुगेको छ ।