प्रहरी प्रधान कार्यालयले गर्यो १ सय २१ जना लेखापालको सरुवा

प्रहरी प्रधान कार्यालयले गर्यो १ सय २१ जना लेखापालको सरुवा

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले १ सय २१ जना लेखापालहरूको सरुवा गरेको छ । एउटा पोस्टिङमा दुई वर्ष पुरा भएका र रिक्त स्थानमा नयाँ लेखापालहरूलाई खटाइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँमा प्रहरी नायव निरीक्षक हरि बस्नेतलाई लेखापालको जिम्मेवारी दिइएको छ । इन्स्पेक्टर कर्ण बहादुर बोहरालाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा र वरिष्ठ प्रनानि अजय कुमार खनाललाई प्रहरी प्रधान कार्यालयको विशेष आर्थिक कल्याणकारी योजना शाखामा सरुवा गरिएको छ ।

प्रहरी सहायक निरीक्षक अनिता दुलाललाई इलाका प्रहरी कार्यालय कात्तिके देउराली काभ्रेमा सरुवा गरिएको छ ।  प्रनानि सिताराम दराईलाई कोशी प्रदेश प्रहरी तालिम केन्द्र मोरङ, प्रनानि राधिका बस्नेतलाई काठमाडौँ उपत्यका प्रहरी शिक्षालय महाराजगन्ज, नारायण जोशीलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र प्रनानि दीपक घिमिरेलाई वडा प्रहरी कार्यालय बुटवलमा सरुवा गरिएको छ ।

प्रहरी वरिष्ठ नायव निरीक्षक विपिन श्रेष्ठलाई नेपाल प्रहरी अस्पताल महाराजगन्ज, प्रहरी वृत्त नयाँ बानेश्वरमा पुष्पा थापा र लागु औषध नियन्त्रण ब्युरो कोटेश्वरमा वरिष्ठ सई चित्रकला थापा मगरलाई सरुवा गरिएको कर्मचारी प्रशासन शाखाले जनाएको छ ।