दुई प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

दुई प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भू–भागमा  हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ  ।

आज दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रहनेछ।  बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी  भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना  रहेको  छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली  रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी भू–भागका  एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।