त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बरामद गरिएको सुन आज नापतौल गरिने

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बरामद गरिएको सुन आज नापतौल गरिने

काठमाडौं । बुधबार भन्सार कटी सकेको अवस्थामा बरामद गरिएको १०० किलो हाराहरी रहेको बुझिएको सुनको परिमाण आज यकिन गरिने भएको छ । विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको बीचमा रहेको अनुमान रहे पनि यकिन परिमाण आज सार्वजनिक गरिने जानकारी दिए । साथै अवैध रुपमा भएको सुन तस्करीको विभिन्न कोणबाट अनुसन्धान अघि बढाइने पनि विभागले जनाएको छ । 

सुन हङ्कङबाट आएको खुले पनि तस्करमा संल्गन, प्रयोजन र यकिन परिमाणबारे थप अनुसन्धान पछि मात्र भन्न सकिने  ढुङ्गानाले बताए । 

ट्याक्सी चालकसहित ६ जनालाई पक्राउ 
सुन ओसारपसारमा संलग्न रहेका ट्याक्सी चालकसहित ६ जनालाई पक्राउ गरिएको छ ।  दिलिप भुजेल, रामकुमार भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई ट्याक्सी चालक र थप दुई जनासमेत गए राति नै पक्राउ परेको राजश्व अनुसन्धान स्रोतले बतायो ।

विमानस्थल पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद गरिएको थियो ।