सारुक ताम्राकार मृत्यु प्रकरण : चलचित्र निर्माता/निर्देशकपछि पितासँग बयान लिदैं प्रहरी

सारुक ताम्राकार मृत्यु प्रकरण : चलचित्र निर्माता/निर्देशकपछि पितासँग बयान लिदैं प्रहरी

काठमाडौँ । अभिनेता सारुक ताम्राकारको मृत्यु प्रकरण अनुसन्धानरत छ । आत्महत्या गर्न ‘दुरुत्साहन’ गरिएको थियो वा थिएन पत्ता लगाउन प्रहरी विभिन्न तरिकाले अनुसन्धान गरिरहेको छ । गत असार २२,शुक्रबार आफ्नै घरमा मृत भेटिएका सारुकको मृत्युबारे प्रहरीले विभिन्न व्यक्तिहरुसँग बयान लिईरहेको छ । 
प्रहरी वृत्त मालिगाउँका अनुसन्धान अधिकृतहरू उनका पिता सानु ताम्राकारसँग बयान लिने भएको छ ।  यसअघि चलचित्र ह्यासट्याग मायाका निर्देशक राजिव गुरुङ र निर्माता शर्मिला थापासँग प्रहरीले सोधपुछ गरी कागज गरीसकेको छ । 
प्रहरीले ताम्राकारको मोबाईल समेत परिक्षणका लागि पठाएको छ । मोबाईल परिक्षणको रिपोर्ट आउँन करिब १५ दिन लाग्ने अनुसन्धानमा खटिएका अधिकृतहरुको दावी छ । 

किटानी जाहेरी दिन सुझाव
नेपाल चलचित्र कलाकार संघले सारुकका पिता सानुलाई यस विषयमा किटानी जाहेरी नै दिन सुझाव दिएका छन् । अध्यक्ष मोहन निरौलाले भने, ‘हामीले सुझाव दिएका छौँ । उहाँले यसबारे सोचेर निर्णय लिन्छु भन्नु भएको छ ।’ 

अहिले सारुक परिवारले मृत्युबारे अनुसन्धान गरिपाउँ भनेर सामान्य निवेदन मात्र दिएको छ । मोबाईल परिक्षणको रिपोर्ट आएपछि किटानी जाहेरी दिने या नदिने भन्ने विषयमा निर्णयले लिने ताम्राकार सारुकका आफन्तहरुले बताएका छन् ।