यी जिल्लामा भारी वर्षा हुने

यी जिल्लामा भारी वर्षा हुने

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा (सरदर स्थान को आसपास अवस्थित रहेको छ । हाल कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।  साथै मधेश प्रदेश बाहेकका अन्य सबै प्रदेशहरूका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । देशभर आंशिक देखि सामान्य बदली रहनेछ । मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा मेघ–गर्जन÷चट्याङ्ग सहित भारी वर्षा को समेत सम्भावना रहेको छ  ।मधेश प्रदेश लगायत कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा मेघ–गर्जन/चट्याङ्ग सहित भारी वर्षा को समेत सम्भावना रहेको छ । 

यस्तै रातको समयमा मधेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी प्रदेशमा सामान्य देखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती   र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा मेघ–गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ । 

कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ–गर्जन÷चट्याङ्ग सहित भारी वर्षा को समेत सम्भावना रहेको छ । साथै मधेश प्रदेश लगायत कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको हुनाले यसबाट सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिन्छ । हावा–हुरी, भारी वर्षा, मेघ गर्जन/चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरकेको छ ।