आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना, बाढीको जोखिम कति ?

आजको मौसम  : यी स्थानमा भारी वर्षाको सम्भावना, बाढीको जोखिम कति ?
फाईल तस्वीर

काठमाडौं । आज कोशी र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ । आज बिहान देशभर सामान्य देखि पूर्ण बदली रहेको  छ ।  कोशी,  बागमती तथा गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 
मौसम पूर्वानुमान महाशाखाका अनुसार आंशिक देखि सामान्य बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा–हुरीको पनि सम्भावना रहेको छ । 

रातिको समयमा पनि देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ–गर्जन तथा चट्याङ्सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा–हुरीको पनि सम्भावना रहेको छ ।
 
त्यस्तै मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा–हुरीको पनि सम्भावना रहेको हुनाले यसबाट सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ । हावा–हुरी, भारी वर्षा, मेघ गर्जन तथा चट्याङ्, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुनसमेत जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।