अभिव्यक्तिको आलोचना भएपछि डा.तोसिमा कार्कीले मागिन् माफी

अभिव्यक्तिको आलोचना भएपछि डा.तोसिमा कार्कीले मागिन् माफी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले दुःखको घडीमा प्रधानमन्त्री प्रचण्डलाई लक्षित गरेर असंवेदनशील अभिव्यक्ति दिएको भन्दै सामाजिक सञ्जालमा तीव्र आलोचनना भईरहेको छ ।  केही गर्ने हुटहुटी देखाएर राजनीतिमा आएका नयाँ अनुहारको अभिव्यक्ति असंवेदनशील हुनु दुःखद भएको सामाजिक सञ्जालमा टिकाटिप्पणी भईरहेको छ । 

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधनमा श्रद्धाञ्जली दिन पुगेकी उनले दिएको अभिव्यक्ति असंवेदनशील भएको आरोप लागेको हो ।  तोसिमाको अभिव्यक्तिसम्बन्धी सार्वजनिक भिडियो उनले ‘आफ्नै श्रीमतीलाई त समय दिन सक्नु भएन अथवा हेरचाह गर्न सक्नु भएन भने राष्ट्रका लागि के गर्नु होला त ?’ भन्नेलगायतका अभिव्यक्तिहरु दिएकी छन् । 
 

के बोलेकी थिईन् तोसिमा ? 
‘हरेक व्यक्तिको आफ्नो व्यक्तिगत जीवन हुन्छ । परिवारलाई संरक्षण र जोगाउनुपर्ने दायित्व हुन्छ । त्यसमाथि पनि प्रधानमन्त्रीज्यूले आफ्नै श्रीमतीलाई त समय दिन सक्नु भएन अथवा हेरचाह गर्न सक्नुभएन भने राष्ट्रका लागि के गर्नु होला त रु भन्ने प्रश्नहरु पनि आउन सक्छन् । त्यही भएर उहाँ ब्यालेन्स नै तरिकाले लाग्नुभएको भन्ने बुझ्छु । ‍‍‍‍अहिले विछिप्त भएको अवस्थामा धेरै टिकाटिप्पणी नगरौँ ।’

 

उनले थप भनेकी छन्–  प्रधानमन्त्रीले पटक पटक यसरी परिवारका सदस्यहरु गुमाउँदै गर्दाखेरी उहाँले फर्केर आफू द्वन्द्वकालमा हुँदैगर्दा आफ्नो परिवारका सदस्यहरु, श्रीमानहरु गुमाएका, श्रीमतीहरु गुमाएका छोराछोरी गुमाएका ती तमाम आम नागरिकको दुखलाई पनि सम्झनुपर्छ । आफ्नै दुःख सरह बुझनुपर्छ । र त्यसको लागि के गर्नुुपर्छ र कसरी सम्बोधन हुनसक्छ भन्ने कुराचाहिँ प्रधानमन्त्रीको हैसियतमा भइसकेको एउटा राष्ट्रको पिताको रुपमा हेर्ने व्यक्तिले सम्झनुपर्छ ।
। 
 

आलोचना भएपछि तोसिमाले मागिन् माफी
यसैबीच तोसिमाले आफूले बोलेको बाइट तोडमोड भएको बताएकी छन् । उनले पूरा भिडियो सुन्न आग्रह गर्दै तोडमोड गरि राखिएको अभिव्यक्तिले कहिँ कसैको मनोभावनामा चोट पुग्न गएकोकामा क्षमायाचना गरेकी छन् ।